आचारसंहिता कार्यान्वयनबारे निर्वाचन आयोगले आज १२ वटा दलसँग छलफल गर्ने

 असोज ९, २०७९ आइतबार ९:३१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनबारे आज १२ वटा राजनीतिक दलसँग छलफल गर्दैछ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न आयोगले दलका शीर्ष नेतालाई बोलाएको हो । दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउन मुख्य ध्यान दिने आयोगले जनाएको छ ।

सङ्घीय संसद् र प्रदेश सभामा प्रतिनिधित्व  गर्ने राजनीतिक  दलका प्रमुख तथा पदाधिकारीसँग  दिउँसो १२ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई  बोलाएको उहाँले जानकारी दिनुभयो । तर प्रधानमन्त्री देउवा छलफलमा आउने/नआउने टुङ्गो छैन ।

आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता  लागू गर्ने तयारी गरेको छ । तर त्यसअघि नै दलहरूबाट प्रतिबद्धता लिन छलफल गर्न लागिएको हो।
 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया