चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा रहेकाे टाँगियाबस्तीमा विद्युत् पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनै भन्दै टाँगियाबस्तीमा वर्षौँदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगिया बस्तीवासी अँध्यारोमा बस्न बाध्य थिए ।
नेपाल विद्युत् प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिवारदेखि टाँगियाबस्तीमा बत्ती बलिएको हो । टाँगियाबस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालकहरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गएकाे फागुनमा टाँगियाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाँगियाबस्तीलाई अँध्यारोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो।
ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व गरिने स्थानान्तरणमा यस बस्तीका स्थानीयले यस क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी याे बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’ सहमति दिएको थियो ।
प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमति बमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएका नयाँ बत्ती जडान गरिएको बताउनुभयो ।
प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ। रुख नकाट्नका लागि जङ्गल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ। टाँगियाबस्तीमा विद्युत् उपलब्ध गराउन एक सय केभीए क्षमताका चार थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।