नेपालले पनि 'थिङ्क ट्याङ्क' लाई बेवास्ता गर्न मिल्दैन : स्वर्णिम वाग्ले

 असोज ९, २०७९ आइतबार १८:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेपालमा योजना बनाउँदा 'थिङ्क ट्याङ्क' हरूको पृष्ठपोषण गर्न आवश्यक रहेको बताउनुभएको छ । 

आइतवार नीति अनुसन्धान प्रतिष्ठानको चौथो स्थापना दिवसलाई सम्बोधन गर्दै पूर्वउपाध्यक्ष वाग्लेले यस्तो बताउनुभएको हो । उहाँले देशमा कुनै पनि परियोजनाको सम्झौता रद्द हुँदा देशलाई नै हानी–नोक्सानी हुने विषयमा पनि थिङ्क ट्याङ्कहरूले पूर्ण जानकारी राख्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘अरुण हाइड्रोपावर १९९५ मा रद्द भयाे विभिन्न कारणले । त्यो रद्द हुँदा राज्यले बेहाेरेकाे कष्ट कति ? कस्ट अफ एक्शन होइन, कस्ट अफ इनएक्शनतिर पनि हामी जानुपर्छ । यस्ता कुराहरू पनि थिङ्क ट्याङ्कहरूले बोल्दिनुपर्छ । विश्वसनीय र पारदर्शी भएमा थिङ्क ट्याङ्कहरूको सुझाव पनि सरकारलाई दिँदा राम्रो हुन्छ ।’

पूर्वउपाध्यक्ष वाग्लेले श्रीलङ्कमा शासकहरूको सन्कीपनका कारण पनि देश सङ्कटमा फसेको बताउनुभयो । उहाँले नेपालले पनि थिङ्क ट्याङ्कहरूलाई बेवास्ता गरेर गए देशकाे विकास गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि निर्णय गर्दा वैकल्पिक उपाय सोच्न आवश्यक रहेको भन्दै थिङ्क ट्याङ्कहरूले दिएका सुझाव र योजनाका बारेमा गहन छलफल हुन आवश्यक भएको बताउनुभयो । 

पूर्वउपाध्यक्ष वाग्लेले थिङ्क ट्याङ्कहरू चलायमान भइरहनुपर्ने आवश्यकता रहेको भन्दै विश्वविद्यालयभित्र पनि यसकाे विकास गर्नुपर्ने धारणा राख्नुभयाे । थिङ्क ट्याङ्कहरूलाई सरकारको सहयोगमा विकास गर्न आवश्यक रहेकाे उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया