न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डौ – नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष डा. बाबुराम भट्टराईले ज्ञानको निर्माण एकाङ्की हुन नहुने बताउँदै सरोकारवालासँगको छलफल र सुझावका आधार तयार गरिने ज्ञानले मात्र नागरिकका समस्या समाधान गर्नसक्ने उल्लेख गर्नुभएको छ ।
नीति अनुसन्धान प्रतिष्ठानको चौथो वार्षिकोत्सवका अवसरमा आइतवार आयोजित समारोहमा उहाँले सूचना सङ्कलनले मात्र ज्ञान निर्माण नहुने भएकाले सिद्धान्तका विषयलाई व्यवहारमा समेत जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
देशको द्रुततर विकास र समृद्धिका लागि थिङ्क ट्याङ्क संस्थाको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘केही दशकयता हामीले आर्थिक, सामाजिक, राजनीतिकलगायत क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरे पनि छिमेकी देश र विश्वको तुलनामा अझै धेरै काम गर्नुछ । गरिबी, बेरोजगारी, अशिक्षा र असमानता अन्त्य गर्न थुप्रै काम गर्न बाँकी छ, तसर्थ नवप्रवर्तनका लागि थिङ्क ट्याङ्कको आवश्यकता टड्कारो छ ।’
थिङ्क ट्याङ्क संस्थाले ज्ञान निर्माण गर्दा अनावश्यकरूपमा कसैको पनि पक्षपोषण गर्न नहुनेमा जोड दिँदै अध्यक्ष भट्टराईले तथ्य र ज्ञानका आधारमा सत्तासीन व्यक्तिलाई जनउत्तरदायी बनाउनुपर्ने बताउनुभयो । नेपालजस्तो विविधतायुक्त देशमा अनुसन्धान गर्दा वा ज्ञान निर्माण गर्दा समावेशीतालाई अनिवार्य आत्मसात् गर्नुपर्ने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।