न्युराेड क्षेत्रमा आजसहित चार दिन गाडी गुडाउन नपाइने

 असोज १०, २०७९ सोमबार ७:४२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने चापलाई ध्यान दिँदै चार दिनसम्म दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको छ ।

कार्यालयले आज घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि बेलुकी चाप सामान्य नहुञ्जेलसम्मका लागि डाइभर्सन गरी खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको जनाएको छ ।

तोकिएको मिति र समयमा गाडी नलगी ट्राफिक व्यवस्थापनमा सहयोग गर्न ट्राफिक प्रहरीले गाडी चालकसँग अनुरोध गरेको छ । न्युराेड क्षेत्रमा दशैँ किनमेल गर्नेहरुको घुइँचो हुने भएकाले ट्राफिक प्रहरीले गाडी प्रवेशमा निषेध गरेको हो । 
 

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया