नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – अस्ति आइतवार झन्डै २४ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ९२ अङ्कले बढेर एक हजार आठ सय ३१ दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।
होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढे पनि कारोबार रकममा भने सुधार भएको छैन । २१ लाख सात हजार कित्ता शेयर ६६ करोड ३० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको दुई करोड ८५ लाख रुपैयाँकाे शेयर किनबेच भएको छ ।
आज सामुदायिक लघुवित्तको शेयर १० प्रतिशत तथा अभियान लघुवित्त र अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि गरिमा डिबेन्चरकाे शेयर १० प्रतिशत तथा साम्लिङ पावर कम्पनीको शेयर साढे चार प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।