यो हप्ता सुनको भाउ तोलामा पाँच हजार तीन सय रुपैयाँले बढ्यो
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुरका विभिन्न सङ्घसंस्थाको सह–आयोजनामा पाटनमा भएको बृहत् सांस्कृतिक मेला सम्पन्न भएको छ ।
पाटन दरबार स्क्वायरमा हिजो भएको सांस्कृतिक मेलामा विभिन्न ७ विद्यालयका एक सय जनाभन्दा धेरै कलाकारहरुले कार्तिक डबली परिसरको मन्दिर तथा खुला क्षेत्र ढाकिने गरे ७ प्रदेशको मौलिक नाच प्रदर्शन गरेका थिए ।
त्यस्तै ज्यापू समाज यल, बौद्ध विहार सङ्घ, नेपाल राष्ट्रिय खड्गी समाज ललितपुरका सय्याैँ कलाकारले नायःखिं, धिमे, धाः लगायतको परम्परागत बाजा तथा नाचको प्रस्तुति दिएका थिए । ललित कार्निभल लक्षित कार्यक्रमका लागि विद्यार्थी एवम् कलाकारहरुलाई ३ महिनाअघिदेखि नै प्रशिक्षण दिएको थियो ।
यस्तै, सांस्कृतिक कार्यक्रम अघि पाटन म्युजियम परिसरमा रहेको मणि केशव नारायण चोकमा योमरी बनाउने, चिउरा कुट्ने, सुकुल बुन्ने, प्याङ्गगाउँको लोपाेन्मुख काठको चिउरा राख्ने भाँडो बनाउने पद्धति लगायतको परम्परागत नेवार जीवनपद्धतिको प्रत्यक्ष प्रस्तुति पनि गरिएको थियो भने हिजो बिहान पर्यटकहरूको स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यस्तै सांस्कृतिक मेलामा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले महानगरपालिकाको पयर्टनसँग सम्बन्धित वेबसाइटको लोकार्पण गर्नुभएको थियो। कार्यक्रममा उपमेयर मञ्जली शाक्य बज्राचार्य, नेपालमा रुहेका विभिन्न देशका राजदूतहरु, जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।