तराई/मधेशमा लगातार हुस्सु र कुहिरो : पूर्वपश्चिम राजमार्गको ख...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै - यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
बिहान ट्राफिक प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँ बसपार्कबाट आठ जनालाई पक्राउ गरेको हो।
चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने विरुद्ध प्रहरीले कारबाही थालेको छ।
बढी भाडा तिर्नु परे वा कुनै समस्या परे बस काउन्टर नजिकै रहेको हेल्प डेस्क र प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा खबरमा गर्न यात्रुलाई प्रहरीको अनुरोध छ । अहिले चाडपर्व लक्षित गरेर भिडभाड हुने ठाउँ र टिकट काउन्टरमा हुन सक्ने ठगीलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी भइरहेको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।