आईपीएल : १३ वर्षका खेलाडी एक करोड १० लाख भारुमा अनुबन्ध
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - दशैँलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एसिया बैंकसँगको सहकार्यमा छुट अफर सार्वजनिक गरेकाे छ । अफर अन्तर्गत जुत्ता तथा कपडा खरिदमा उपलब्ध स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा भाटभटेनीले थप १० प्रतिशत वा पाँच सय रुपैयाँसम्म छुट दिने भएकाे हाे ।
यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागू हुने भएकाे छ ।
स्मार्ट क्यूआरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्ने भाटभटेनीले जनाएकाे छ । विजया दशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यूआर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यकासाथ यो अफर सार्वजनिक गरिएको हो ।
भाटभटेनीका कुनै पनि शाखामा आईएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एसिया मोबाइल बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आई क्यास, क्यू पे तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।