रवीन्द्र मिश्र राप्रपा प्रवेश, वरिष्ठ उपाध्यक्षकाे पद

 असोज १२, २०७९ बुधबार १४:५४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । 

आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । 

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो । 

यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो । मिश्र काठमाण्डाै क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धाकाे तयारीमा हुनुहुन्छ ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Shiva Raj Thakuri

    Sept. 28, 2022, 7:05 p.m.

    एकदम राम्रो जय देश जय नरेश जय राष्ट्र बाद 💐👍❣️

  •  0 Reply

तपाईको प्रतिक्रिया