आज पनि देशैभर पानी पर्ने, चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देहीलगायतका जिल्लामा ठूलो वर्षा

 असोज २०, २०७९ बिहीबार ६:२०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ ।

यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।

हिजो टीका थाप्न कै लागि हिँडेका बेला खोलाले बगाउँदा केहीको ज्यान गएको छ । यस्तै, पहिरोको जोखिम रहेकाले खेतीपाती, घाँस दाउराको काम गर्दा पनि ख्याल गर्न भनिएको छ । चिप्लो र भिरालो क्षेत्रमा घाँस दाउरा नगर्न सुझाव दिइएको छ ।

यसैबीच, आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले वाग्मती प्रदेशको चितवनमा धेरै पानी परिरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ  । पर्सी शनिवारसम्म नै देशभर वर्षाको सम्भावना रहेकाले हिँडडुल गर्दा सावधानी अपनाउन मौसमविद्को अनुरोध छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया