गोरखा, धादिङ, लमजुङ लगायत धेरै ठाउँमा ठूलो वर्षा, बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह

 असोज २१, २०७९ शुक्रबार ६:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

यी क्षेत्रमा अझै थप वर्षाको जोखिम रहेकाले बाढी पहिरोको सम्भावना रहेको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ । चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ । 
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया