त्रिदेशीय टी–२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी, न्युजिल्यान्ड ६ विकेटले पराजित

 असोज २२, २०७९ शनिबार १५:४३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिदेशीय टी–२० क्रिकेटको दोस्रो खेलमा पनि पाकिस्तान विजयी भएको छ । हिजो बङ्लादेशलाई हराएको पाकिस्तानले आज न्युजिल्यान्डलाई ६ विकेटले पराजित गरेको छ।

क्राइसचर्चमा न्युजिल्यान्डले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ८ बल बाँकी छँदै चार विकेट गुमाएर भेट्टायो। पाकिस्तानका लागि कप्तान बाबर आजमले नटआउट ७९ तथा शदाव खानले ३४ रन बनाए । बलिङतर्फ न्युजिल्यान्डका ब्लाएर टिकनरले दुई विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले डेवन कनवेको ३६ र मार्क चापम्यानको ३२ रन मद्दतमा एक सय ४७ रन बनाएको थियो । बलिङतर्फ पाकिस्तानका ह्यारिस रौफले तीन तथा मोहम्मद नवाज र मोहम्मद वासिमले २/२ विकेट लिए।

६ खेलको त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा हिजो पाकिस्तानले बङ्लादेशलाई हराएको थियो। 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया