न्यूयोर्क टाइम्सले लुम्बिनीलाई सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - निर्वाचन आयोगले उम्मेदवारी दर्ता सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट मात्रै हुने स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ र प्रादेशिक कार्यालयहरुबाट मनोनयन दर्तामा आवश्यक सहजीकरण मात्रै हुने स्पष्ट पार्नुभएको हो ।
केही दिनयता अविरल वर्षा, बाढीपहिरो लगायत विपद्का कारण कतिपय ठाउँमा आवतजावतमा कठिनाइ हुने भएकाले दलहरुलाई मनोनयन दर्तामा आयोगले सहजीकरण गर्न लागेको हो । उज्यालोसँगको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त थपलियाले मनोनयन दर्ताको लागि चाहिने औपचारिक पत्र लगायतका अत्यावश्यक कागजात सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय पठाइदिने काम मात्रै गर्न सक्ने बताउनुभयो।
आज बिहान १० बजेभित्र आयोगको कार्यालय कान्तिपथ या प्रादेशिक कार्यालयमा कागजात प्राप्तमा भएमा आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाएर सहजीकरणको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।