एमाले अध्यक्ष ओलीद्वारा झापा–५ बाट उम्मेदवारी दर्ता

 असोज २३, २०७९ आइतबार १३:२३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराउनुभएको छ । 

उहाँ आफैँ उपस्थित भएर आज आइतवार दिउँसो झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराउनुभएको हो । ओली २०७४ सालमा पनि झापा–५ बाट निर्वाचित हुनुभएको थियो । त्यस बेला माओवादी केन्द्रसँग वाम गठबन्धन थियो । तर यस पटक एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग चुनावी तालमेल गरेको छ । 

झापा–५ मा नेपाली कांग्रेसले खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको छ । अघिल्लो चुनावमा पनि कांग्रेसबाट अधिकारी नै उम्मेदवार हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया