सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
गुल्मी – गुल्मीमा प्रमुख राजतीतिक दलका उम्मेदवारसहित स्वतन्त्र उम्मेदवारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
आउँदाे मङ्सिर ४ गते हुने चुनावका लागि गुल्मी क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी र नेकपा एमालेबाट उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । आज आइतवार निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर भण्डारी र ज्ञवालीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
यस्तै गुल्मी २ मा गठबन्धनकाे तर्फबाट नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री र नेकपा एमालेका गाेकर्ण विष्टले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।
प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र नं. १ (१) मा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका सुदर्शन बराल र १ (२) बाट कांग्रेसका धनेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं.१ (१) मा चिन्तामणि पाण्डे र १ (२) बाट पर्शुराम पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
त्यसैगरी निर्वाचन क्षेत्र नं. २ (१) मा गठबन्धनको तर्फबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र २ (२) मा माओवादीका बुद्धि जिसीले उम्मेदवारी दर्ता गराउनुभएकाे छ भने एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं. २ (१) मा डिल्लीराज भुसाल र २ (२) मा दिनेश पन्थीले उम्मेदवारी दर्ता गराउनुभएकाे निर्वाचन अधिकृत शिवबहादुर थापाले जानकारी दिनुभयाे ।
यस्तै प्रतिनिधि सभा सदस्य पदमा लौरो अभियानको तर्फबाट क्षेत्र नं १ मा भुवनेश्वर अर्याल र क्षेत्र नं २ मा रामलाल पौडेलले उम्मेदवारी दर्ता गराउनुभएको छ भने क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्यमा डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।