मनाङबाट ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार

 असोज २५, २०७९ मंगलबार ९:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

मनाङ - मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो ।

बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलिकप्टर अवतरण गरी पर्यटकको उद्धार गरिएको छ । अन्नपूर्ण पदमार्गको यात्रामा मनाङ पुगेका बाह्य पर्यटकको उद्धार गर्ने क्रममा हिजो एकैदिन १ सय २० पटक अवतरण गरी नयाँ रेकर्ड कायम गरेको हो ।

मनाङलगायत गोरखा, मुस्ताङ र उपल्लो डोल्पाको हिमाली क्षेत्रमा पर्यटक पुगेका थिए। 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया