ग्यास सिलिन्डर प्रयोगमा कसरी सावधानी अपनाउने ?
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ । मङ्गलवार आज गैर आवासीय नेपाली सङ्घको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो।
प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली सङ्घलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले हरेक गैरआवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जाेगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउन आवश्यक रहेको पनि बताउनुभयो ।
उहाँले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गैरआवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्र्याउनसमेत अग्रसरता लिन आवश्यक रहेको औँल्याउनुभयो । उहाँले गैर आवासीय सङ्घको पहलमा सरकारले यस आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको न्यूनतम सीमा ५ करोडबाट २ करोड रुपैयाँसम्म कायम गरेको बताउनुभयो । उहाँले धितोपत्रको दोस्रो चरणमा गैर आवासीय नेपालीहरुलाई खुला गर्न कानुनी व्यवस्था मिलाइने कुरा समेटिएको उल्लेख गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको पनि बताउनु भयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गैर आवासीय नेपाली सङ्घको सहजरुपमा गर्नसक्ने लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ । संसारभर छरिएर रहेका अनेक नेपालीहरु, नेपालका गैर आवासीय दूतहरु हुन् । तपाईँहरुले विदेशमा नेपालको पहिचान जाेगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने हुन्छ ।'
प्रधानमन्त्री देउवाले निकट भविष्यमा नै गैरनागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पत्तिको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।