कैलालीको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास
पुस १३, २०८१ शनिबार
यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् ।
समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो ।
११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए । ३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए ।
सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । कोपनहेगन २ अंकका साथ चौथो स्थानमा रहेको छ ।
अर्को खेलमा आरबी लाइपजिगले सेल्टिकलाई २–० गोलले हराएको छ । त्यस्तै पीएसजी र बेन्फिका, रियल मड्रिड र सख्तर डोनेत्स्क, डाइनामो जाग्रिब र आरबी साल्जबर्ग, बोरुसिया डर्टमन्ड र सेभिल्लाले एक÷एक गोलको बराबरी खेलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।