युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्याले...
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – मनाङबाट प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ ।
मनाङ प्रदेश 'ख' बाट मनाङेसँगै स्वतन्त्र उम्मेदवारी दिएका दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै मनाङेलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले उज्यालोलाई जानकारी दिनुभयो । तर उहाँलाई आज निर्वाचित भएको घोषणा गरिए पनि प्रमाणपत्र भने मङ्सिर ४ गतेपछि मात्रै दिइने पनि सिलवालले बताउनुभयो ।
दोर्जेले उम्मेदवारी फिर्ता लिएपछि मनाङेको मात्रै उम्मेदवारी कायम छ । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्रीसमेत रहेका मनाङेले आफू एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेको बताउँदै आउनुभएको छ ।
यसअघि २०७४ सालको चुनावमा पनि उहाँ एमालेकै समर्थनमा उम्मेदवार बनेर विजयी हुनुभएको थियो । मनाङको प्रदेश सभा 'ख' मा एमाले, कांग्रेसलगायत दलबाट उम्मेदवारी परेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।