विधिको कुरा उठाएकैले टिकट दिइएन, ओलीले पार्टी ध्वस्त बनाउनुभयो :  भीम रावल

 असोज २७, २०७९ बिहीबार १३:४६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा एमालेका नेता भीम रावलले पार्टीभित्र विधिको कुरा उठाएकैले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा टिकट नदिएको आरोप लगाउनुभएको छ ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गरेर भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको चरम कुण्ठा, गुटबन्दी र पार्टीलाई तानाशाही तरिकाले चलाउने निर्णयको आलोचना गरेकैले आफूलाई हेलाहोचो गरेको र चुनावमा टिकट समेत नदिएको आरोप लगाउनुभएको हो ।

अछामको जिल्ला कमिटीले आफ्नो एकल नाम सिफारिस गर्दा पनि ओलीले टिकट नदिनु अछामी कार्यकर्ताको अपमान भएको पनि रावलको जिकिर छ । ओली एमालेको नेतृत्वमा आएदेखि पार्टी ध्वस्त हुँदै गएको आरोप लगाउँदै नेता रावलले अझै पनि यस्तै व्यवहार भएमा पार्टी विघटनको संघारमा पुग्ने चेतावनी दिनुभयो ।

अध्यक्ष ओलीले लामो समयसम्म एमालेमा रगत पसिना बगाएकालाई टिकट नदिएर विगतमा एमालेको खेदो खन्ने, विदेशीका एजेन्ट, धनाढय र अध्यक्ष ओलीका आफन्त र जयजयकार गर्नेहरुलाई टिकट दिनु कहाँको र कुन सिद्धान्त हो ? भनेर रावलले प्रश्न पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया