दलहरुको चुनाव केन्द्रित अभियान तीव्र

 असोज ३०, २०७९ आइतबार ९:१०:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रमुख राजनीतिक दलले चुनाव केन्द्रित अभियानलाई तीव्रता दिएका छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आ–आफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।

उम्मेदवारी दर्तासँगै जिल्ला पुगेका उम्मेदवार र नेताहरु भेटघाट र कार्यक्रममा केन्द्रित छन् । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् ।

सत्ता गठबन्धनले सात वटै प्रदेशमा संयुक्त नेता–कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको छ । आउँदो चुनावमा तालमेल गरेर संयुक्त उम्मेदवार उठाएका गठबन्धनका दलले चुनावलाई नै लक्षित गरेर सात वटै प्रदेशमा संयुक्त रुपमा प्रदेशस्तरीय कार्यकर्ता भेला गर्ने निर्णय गरेका हुन् ।

काठमाण्डौ उपत्यकाभित्र पनि चहलपहल बढेको छ । उपत्यकामा प्रतिनिधि सभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै, प्रदेश सभातर्फ ३० क्षेत्र रहेका छन् । मंसिर ४ गते हुने चुनावका लागि ५ हजार ६ सय ३६ जना उम्मेदवार छन् ।

जसमा प्रतिनिधि सभातर्फ २ हजार ४ सय १२ जना र प्रदेश सभातर्फ ३ हजार २ सय २४ जना छन् । चुनाव आउन अब ३५ दिन मात्रै बाँकी छ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया