सुदूरपश्चिम, गण्डकी र बागमती ‘अफ्रिकन स्वाइन फिभर’ फैलियो : क...
पुस २८, २०८१ आइतबार
काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने चुनावका लागि हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
आज एक विज्ञप्ति निकालेर आयाेगले ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरि आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेकोले चुनावकाे स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने, आम मतदातासमेतलाई भ्रमित गर्ने गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान निर्वाचन कानुनको उल्लङ्घन भएकाे जनाएकाे छ । आयाेगले ती उम्मेदवारलाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेकाे छ ।
आयाेगले स्पष्टीकरण सोधिएकामा काठमाण्डाै ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसूदन पाठक, प्रतिनिधि सभा सदस्यका सिरहा २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा २ (ख) का उम्मेदवार याेगेशकुमार सिंह, काठमाण्डाै २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना रहेका छन् । यस्तै आयाेगले सर्लाही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरवंश बैठा, सुनसरी १ (क) प्रदेश सभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधि सभा सदस्यका रुपन्देही ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगानालाई स्पष्टीकरण साेधेकाे छ ।
आयाेगले यी उम्मेदवारहरूलाई “आफ्नो दलीय आबद्धतालाई स्पष्ट नगरि आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो चुनाव चिह्न लौरो स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्ने कामले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? भनेर साेधेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।