कहिलेकाहीँ कांग्रेस ३ वटा पार्टीजस्तो लाग्छ : नारायणकाजी श्रेष्ठ

 कात्तिक २, २०७९ बुधबार १८:३०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गठबन्धन चार वटा पार्टीको भए पनि नेपाली कांग्रेसभित्रको गुट उपगुटका कारण ६ पार्टीको गठबन्धनजस्तो भएको टिप्पणी गर्नुभएकाे छ । आज बुधवार पार्टीको सम्पर्क समन्वय प्रदेश समितिको काठमाण्डाैमा आयोजित निर्वाचन विशेष राजनीतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएकाे हाे । 

कांग्रेसभित्र शेरबहादुर देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र नेता शेखर कोइरालासँग पनि छलफल गर्नुपर्ने अवस्था रहेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । गठबन्धनको सीमा र जटिलता रहेको भन्दै उहाँले गठबन्धनभित्र विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नमिलेको स्पष्ट पार्नुभयो । यद्यपि सिट बाँडफाँटमा सहमति जुटेर चुनावी मोर्चामा जानु सुखद भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘यो गठबन्धनको आफ्नै सीमा र जटिलता छन् । कसले बुझेको छैन र ? संविधान विरोधी प्रतिगामी कदमलाई असफल पार्न जम्मा भएका शक्तिहरू अहिलेको परिस्थितिको कारणले संविधान र लोकतन्त्रको रक्षाको आवश्यकता महशुस भएर एकताबद्ध भएर जानुपरेको स्थिति छ । त्यही गठबन्धन अहिले पनि चुनावमा जाँदैछ । कहिलेकाहीँ यो गठबन्धन चार वटा पार्टी होइन, छ वटा पार्टीकाे जस्तो लाग्छ । कहिलेकाहीँ कांग्रेस एउटा नभइ तीन वटा पार्टी लाग्छ । शेरबहादुरजी कहिलेकाहीँ मैले भनेर हुन्न रामचन्द्रजीलाई भन्नुपर्छ, शेखर र गगनलाई भन्नुपर्छ भन्नुहुन्छ । एउटा पार्टीसँग कुरा गरेर धर छैन कांग्रेसलाई ।’

कार्यक्रममा बाेल्दै श्रेष्ठले आउँदाे मङ्सिर ४ गते हुने चुनावमा सम्पूर्ण पार्टी पङ्क्ति र गठबन्धन एकताबद्ध भएर जानुपर्ने बताउनुभयो । गठबन्धनलाई जिताउन सक्रियतापूर्वक लाग्न उहाँले नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया