‘स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चिएकाे छ, कारबाही गर्नुपर्दा भूकम्प पाे आउने हाे कि ?’

 कात्तिक ४, २०७९ शुक्रबार १३:४६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उल्लङ्घन गर्नेविरुद्ध कारबाही शुरु भएपछि राजनीतिक वृत्तमा भूकम्प आउने चेतावनी दिनुभएको छ ।

विराटनगरमा प्रदेश १ स्तरीय मिडिया अभिमुखीकरणको उद्घाटन कार्यक्रममा आज शुक्रवार उहाँले आचारसंहिताको पालना किन भएन भनेर स्पष्टीकरण सोध्दा कोकोहोलो मच्याएको भन्दै हप्ता/दश दिनपछिको आयोगको निर्णयले भूकम्प आउने चेतावनी दिनुभएको हो ।

राजनीतिक दलका नेताहरू आफैँले पालना गर्छु भनेर दस्तखत गरेको निर्वाचन आचारसंहिताको पालना नगर्नेहरू कारबाहीको भागिदार हुने उहाँले बताउनुभयो । स्पष्टीकरण सोध्नु भनेको कारबाही नभइ यसको सुरुवात भएको भन्दै उहाँले आचारसंहिता उल्लङ्घन गर्नेहरु कारबाहीका लागि पनि तयार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्पष्टीकरण साेध्दा तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि ?, चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले पालिका चुनावमा अनुभूत गरेका समस्या नदोहोरिने गरी आयोगले आउँदो चुनावको तयारी गरिएको बताउनुभयो । चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता पालना गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया