हामी लोकतन्त्रप्रति समर्पित योद्धा हौँ : अध्यक्ष नेपाल

 कात्तिक ४, २०७९ शुक्रबार १७:४४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र सङ्घीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको दाबी गर्नुभएकाे छ । 

आज शुक्रवार सत्तारूढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, सङ्घीयतालगायतका परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको हो । उहाँले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको जिकिर गर्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको उल्लेख गर्नुभयाे । 

उहाँले भन्नुभयो, ‘यो गठबन्धन स्वाभाविक थियो । प्राकृतिक थियो । किनभने हामी लोकतन्त्रप्रति समर्पित योद्धा हौँ । हामी गणतन्त्रको रक्षा गर्ने मूल शक्ति हौँ । हामी सङ्घीयता मान्ने पार्टी हौँ । यो गठबन्धन पवित्र उद्देश्यका लागि बनेको हो । जनताप्रतिको जिम्मेवारी बोधका साथ हामी अगाडि बढेका छौँ ।’

अध्यक्ष नेपालले प्रतिपक्षी गठबन्धनले प्रतिगामीहरूसँग साँठगाँठ गरिरहेको आराेप पनि लगाउनुभयाे । सत्तारूढ गठबन्धन नागरिकप्रति जिम्मेवारीबोधका साथ अगाडि बढेको उहाँकाे भनाइ थियाे । 

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया