रुपन्देही–२ का उम्मेदवार गुरुङकाे उम्मेदवारी खारेज

 कात्तिक ४, २०७९ शुक्रबार १७:५८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – रुपन्देही क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएकाे छ । 

आज शुक्रवार सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र कुमार रेग्मीकाे इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि आफैँले गरेको अल्पकालीन आदेश निरन्तर नहुने भनेको हाे । 

‘कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेकोसम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन’, आदेशमा भनिएको छ । 

यसअघि निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो । निर्वाचन अधिकृतकाे याे निर्णयविरुद्ध गुरुङले सर्वाेच्च अदालतमा रिट दिनुभएकाे थियाे । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया