आज यस्तो छ अमेरिकी डलरसहित विदेशी मुद्राको भाउ
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ ।
पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम आयोगले हटाउन लागेको समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुवै सभाको बन्दसूचीमा नाम भएकामध्ये ४ सय ३९ जनाले समयमै खर्च विवरण नबुझाएको पाइएको थियो । आयोगले उनीहरूलाई हिजोसम्म जरिबाना बुझाउने मौका दिएको थियो । तर, ५४ जनाले मात्रै जरिबाना तिरेका छन् । वाग्लेले हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने बताउनुभयो ।
दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि नै नाम भएकाले जरिबाना तिरे पनि अन्तिमतिर भएकाले नतिरेका आयोगले जनाएको छ । पालिका चुनावमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र खर्च नबुझाएका कारण गएको भदौ ३१ गते आयोगले १ लाख २३ हजार ६ सय २४ जनालाई जरिबाना गरेको थियो । त्यसमध्ये ४ मंसिरको प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ ७१ र समानुपातिकतर्फ ४ सय ३९ जना उम्मेदवार बनेका थिए ।
प्रत्यक्षतर्फको यसअघि नै बुझाइसकेको भए पनि समानुपातिकको जरिबाना तिर्ने समय हिजोसम्म थियो । यो अवधिमा ५४ जनाले मात्रै जरिबाना बुझाएका विवरण आएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।