रोल्पामा बस दुर्घटना हुँदा ८ जना घाइते, २ जनाकाे अवस्था गम्भीर

 कात्तिक १२, २०७९ शनिबार १४:३८:३६ | माधवकुमार ओली
unn.prixa.net

राेल्पा – रोल्पामा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रुन्टिगढी गाउँपालिका–८ मेलटाकुराबाट दाङको तुल्सीपुरका लागि छुटेको रा १ ख ७३८ नम्बरको बस पानीगैरामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । बसमा तिहार मनाएर फर्किएका १५ यात्रु चढेका थिए । बस सडकमै पल्टिएको छ । घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल तुल्सीपुर दाङ पठाइएको छ ।

तुल्सीपुर–१८ बस्ने ४५ वर्षका कलिराम परियार र उहाँकी छोरी ४ वर्षीया अन्जना परियार गम्भीर घाइते भएको प्रहरीले जनाइएको छ । चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१९ का केशव खड्का फरार रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया