पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाडाैं - दोस्रो संस्करणको नेपाल स्ट्रङ्गेष्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगिता बुधबारदेखि शुरु भएको छ ।
ओलम्पियन तथा भारोत्तोलन संघका पूर्व अध्यक्षसमेत रहेका सुनिल लाल जोशीको दोस्रो स्मृति दिवसको अबसर पारेर आयोजना गरिएको प्रतियोगितामा विभिन्न तौल समूहका झन्डै १ सय जना खेलाडी सहभागी छन् ।
प्रतियोगिताको स्वर्गीय सुनिललाल जोशीकी धर्मपत्नी रेखा जोशी र नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डनले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।
बुधबार नेपाल पुलिस क्लबले महिला तर्फको खेल समाप्त हुँदा ५ स्वर्ण जित्न सफल भएको छ ।
स्ट्रङ्गगेष्ट महिला नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण हात पार्न सफल भएकी छिन् । पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियर तर्फ १६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् ।
स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल ११२ केजी भार बहन गरिन् । प्रहरीकी सुधा थापाले कास्य पाईन् । उनले स्नाचमा ४७ केजी र क्लिनमा ५२ केजी गरि कुलमा ९९ केजी उचालिन् ।
त्यसै विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १०२ केजी भारका साथ स्वर्ण कब्जा गरिन् ।
नेपाल प्रहरीकी संगिता राईले स्वर्ण प्राप्त गरिन् । उनले ४८ केजी तौल समूहमा सिनियर तर्फ नेपाली सेनाकी रिता गुरुङ्गलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १२० केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार बहन गरिन् ।
यसै समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १०० केजी भार बहन गर्दै स्वर्ण जितिन् । उनले स्नाचमा ४५ केजी तथा क्लिन एण्ड जर्कमा ५५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा डिभाईन फिजिकल फिटनेशकी पल्लभी कुमारी चौधरी रहिन् । उनले स्नाचमा ३५ केजी र क्लिनमा ४२ केजी गरि कुलमा ७७ केजी उचालिन् ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा नेपाल प्रहरीकी देवी कुमारी चौधरीले प्रथम स्थान हात पारिन् । उनले स्नाचमा ६५, क्लिनमा ७५ केजीका साथ कुलमा १४ केजी भार उचालिन् ।
दोश्रो स्थानमा रहेकी सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १२० केजी उचालिन् । यसै समूहको जुनियर तर्फ बाँकेकी संजु चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धा गरेकी उनले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १५३ केजी भार बहन गरिन् ।
५८ केजी तौलमा सिनियर तर्फ नेपाली सेनाकी कमला श्रेष्ठ र जुनियर तर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १४० केजी उचालिन् । यस्तै कविताले स्नाचमा ४२ र क्लिनमा ५६ केजी गरि कुलमा ९८ केजी भार बहन गरिन् ।
यस्तै ६३ केजीको सिनियर तर्फ सेनाकी सारदा चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १२५ केजी भार बहन गरिन् ।
म्हिला ६९ केजीमा नेपाल प्रहरीकी राज लक्ष्मी थापाले स्वर्ण हात पारिन् । स्नाचमा ६७ केजी र क्लिनमा ८६ केजीका साथ उनले कुलमा १५३ केजी भार बहन गरिन् । यस्तै पुलिसकै जानकी बुढाले १२४ केजीका साथ रजत पाईन् । उनले स्नाचमा ५६ र क्लिनमा ६८ केजी उचालिन् ।
यसै विधाको जुनियर तर्फ चितवनकी पुजा कुमालले स्वर्ण पाईन् । उनले स्नाचमा ४० र क्लिनमा ४५ केजी गरि कुलमा ८५ केजी उचालिन् ।
७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र सेनाकी मन कुमारी कुमालले रजत पाए । बनले स्नाचमा ६० र क्लिनमा ७८ गरि कुलमा १३८ केजी तथा कुमालले स्नाचमा ५७ केजी र क्लिनमा ७६ केजी गरि १३३ केजी भार बहन गरे ।
ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ५६ केजी तौलमा नेपाली सेनाका तुलाराम महतोले सेनाकै सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे । महतोले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी गरि कुल १८७ केजी भार बहन गरे ।
दोश्रो भएका थपलियाले १६१ केजी भार उचाले । उनले क्लिनमा ६८ र स्नाचमा ९३ केजी भार बहन गरे । तेश्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे । उनले स्नाचमा ५० र क्लिनमा ५२ केजी गरि १०२ केजी उचाले । जुनियर तर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे । पासवानले स्नाचमा ७६ केजी र क्लिनमा ९० केजी गरि १६६ केजी उचाले ।
प्रतियोगितामा भारोत्तोलन खेलमा जुनियर खेलाडीहरुको उदय भईरहेकोमा भारोत्तोलन खेलको भविष्य राम्रो रहेको आयोजक काठमाण्डौ जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले बताए ।
उनले प्रतियोगितामा सिनियर खेलाडीहरुको तुलनामा जुनियर खेलाडीहरुको प्रदर्शन निकै नै स्तरिय रहेको बताए । प्रतियोगितालाई स्तरीयता प्रदान गर्न भारतबाट रेफ्रि जज बोलाईएको समेत बताए । यसका साथै अध्यक्ष शाहले आगामी दिनमा यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा अगाडी बढाउन पहल गर्ने पनि बताए ।
प्रतियोगितामा भारतका रेफ्रि-जज सुरज बर्माले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।