बुढीसँगै भद्रगोल खेल्न पुगे माग्ने बुढा, साथमा दीपक र दीपा पनि

 असोज १८, २०७५ बिहीबार १७:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल टेलिभिजनबाट हरेक शुक्रबार प्रसारण हुँदै आएको हास्य श्रृंखला ‘भद्रगोल’मा यसपटक दर्शकले तीन जना नयाँ कलाकार देख्न पाउने भएका छन् ।

यस पटक भद्रगोलमा सिनेमा छक्का पञ्जा ३ को प्रचारको लागि कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र केदार घिमिरे पुगेका हुन् । 

हास्य श्रृंखला ‘तितो सत्य’पछि हास्य कलाकार जोडी दिपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणमा लागेका छन् । सिनेमा निर्माणमा लागेपछि उनीहरु श्रृंखलामा देखिएका छैनन् । यसपटक भने उनीहरुलाई दर्शकले ‘भद्रगोल’मा देख्न पाउने भएका छन् । 

गएकाे वर्ष पनि सिनेमाको प्रचारकै लागि निर्देशक तथा कलाकार दीपाश्री निरौला जिरे खुर्सानीको एक एपिसाेडमा पुगेकी थिइन् । 

तर उनी त्यहाँ एकलै पुगेकी थिइन् । यस पटक भने उनको साथमा दीपक पनि भएका कारण दर्शकले फरक स्वाद पाउने छन् ।

त्यस्तै भद्रगोलमा सिनेमाको प्रचारकै लागि कलाकार केदार घिमिरेको उपस्थितिले पनि दर्शकले केही नयाँपन महसुस गर्न पाउनेछन् । केदारकी श्रीमती सीता घिमिरे पनि भद्रगोलकी नियमित कलाकार हुन् । उनी यस श्रृंखलामा चन्द्रमुखीको भूमिकामा छिन् । 

यस हिसाबले केदार र उनकी श्रीमती सीतालाई पनि दर्शकले फेरि एक पटक पर्दामा एक साथ देख्न पाउनेछन् । 

यस अघि उनीहरुले मेरी बास्सैमा श्रीमान् श्रीमतीको भूमिका निर्वाह गरेका थिए । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया