पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
युरोपा लिग अन्तर्गत विहीबार राति भएको खलमा इंग्लिस क्लब चेल्सी र आर्सनल विजयी भएका छन् ।
समूह चरणको खेलमा चेल्सीले हंगेरीको भिडीलाई १–० ले हरायो । घरेलु मैदान स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा चेल्सीको जितमा अल्भारो मोराटाको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बनेको खेलको ७०औं मिनेटमा अल्भारो मोराटाले विलियनको पासमा गोल गर्दै चेल्सीलाई जित दिलाएका थिए ।
अर्को इंग्लिस क्लब आर्सनलले अजरबैजानको काराबागलाई ३–० ले हरायो । खेलको चौथो मिनेटमा सोक्राटिस पापास्थाथोपाउलसले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
पहिलो हाफमा सोही गोलको अग्रता बनाएको आर्सनलले ५३औं मिनेटमा अर्को गोल थप्यो । यस पटक इमाइल स्मिथ रोवेले गोल गरे । ७९औं मिनेटमा आर्सनलले तेस्रो गोल गर्यो । अलेक्सजेन्द्रे लाकाजेटीको पासमा माटेओ गेन्डोजीले गोल गर्दै आर्सनलको ३–० को जित दिलाए ।
स्पेनिस क्लब सेभिया भने रसियाको क्रासनोदारसँग पराजित भयो । सेभियाले पहिलो हाफमा लिएको अग्रतामा क्रासनोदारले दुई गोल फर्कायो । ४३औं मिनेटमा नोलिटोले गोल गरेका थिए ।
तर ७२औं मिनेटमा माउरिसियो पिएराले गोल गर्दै खेल बराबरीमा पुर्याए । ८८औं मिनेटमा टोरनाइक ओक्रियासभिलीले गोल गरेपछि क्रासनोदरले अग्रता लिए । बाँकी समयमा सेभिया खेलमा फर्किन नसक्दा पराजित हुन पुग्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।