कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
अछाम – अछाममा बँदेलको आक्रमणमा परि एक जनाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँपालिका - ६ शोषशाका ४० वर्षीय केशर बोहराको ज्यान गएको हो ।
उहाँलाई शनिबार बिहान घर नजिकै बँदेलले आक्रमण गरेको मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृप खड्काले बताउनुभयो । बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
मृतक बोहरा मेल्लेख गाउँपालिकाको कार्यलयमा सहयोगी पदमा कार्यरत हुनुहुन्थ्याे । पछिल्लो समय अछाम जिल्लामा जंगली जनावरहरुको आतंक बढ्दो क्रममा रहेको छ । लेकाली भेगमा मात्र नभएर गाउँ नजिकसम्म पनि जंगली जनावरहरुको बिगबिगी छ । किसानहरुले लगाएका विभिन्न बालीहरु जंगली जनावर बँदेल, भालु, बाँदर लगायतले नष्ट गर्न थालेपछि यहाँका नागरिकहरु चिन्तित बनेका छन् ।
जिल्ला प्रशासन कार्यालय अछामले जंगली जनावरहरु लेकतिर चिसो बढेपछि गाउँ नजिक आउने भएकाले उनीहरुकाे आक्रमणबाट बच्न समूहमा हिँड्न अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।