अर्थशास्त्रतर्फको २०१८ को नोबेल पुरस्कार विलियम नोरहाउस र पल रोमरलाई

 असोज २२, २०७५ सोमबार १६:४९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं – सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विलियम नोरहाउस र पल रोमरलाई दिइने भएको छ । उनीहरुलाई आर्थिक वृद्धिमा दीर्घकालीन रुपमा प्रभाव पार्ने तत्वका बारेमा गरेको नयाँ विश्लेषणका लागि नोबेल पुरस्कार दिइएको हो ।

रोयल स्विडिस एकेडेमीले नोरहाउसलाई जलवायु परिवर्तनको विषयवस्तु पनि बृहत् अर्थशास्त्रमा समावेश गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो । पल रोमरले भने प्रविधि विकास तथा खोज बृहत् अर्थशास्त्रमा समावेश गरेबापत नोबेल पुरस्कार पाएका हुन् । नोरहाउसले जलवायु परिवर्तनले गर्दा अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भनेर अध्ययन गरेका थिए ।

पल रोमरले अर्थशास्त्रीले आर्थिक वृद्धिको दर कसरी दीर्घकालीन बनाउने भन्ने विषयमा अध्ययन तथा अनुसन्धान गरेका थिए । जलवायु परिवर्तनको बाबजुद दुवैको खोज तथा अनुसन्धानले आर्थिक वृद्धिको विकासमा जोड दिएकाले उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया