पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
झण्डै दुई महिनापछि मंगलबार बसेको कर्णाली प्रदेशसभाको बैठक प्रतिपक्ष दल कांग्रेसले सरकारका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै बैठक अवरुद्ध गरेको हो । बैठकको सुरुवातमै नेपाली कांंग्रेसका सांसद दिनबन्धु श्रेष्ठले सभामुख राजबहादुर शाहीसँग समय मागेर बोल्नु भएको थियो ।
उहाँले सरकारले बजेट ल्याएको चार महिना भइसक्दा पनि रातो किताब नल्याएको, अति महत्वपूर्ण विधेयक नल्याएको, सरकारले विकास र सम्मृद्धितर्फ भन्दा पनि भाषण र उद्घाटन कार्यक्रममा सीमित भई गम्भीर नभएको भन्दै सरकारको आलोचना गर्नुभएको थियो । उहाँले प्रदेश सांसदहरुको सरकारले सेवा–सुविधा सम्बन्धिको विधेयक अहिलेसम्म संसदमा पेश नगरेको बताउनुभयो ।
उहाँले सरकार उद्घाटन र भाषणमै सीमित रहेर सरकारलाई बिजनेश नदिएको र संसदलाई बन्धक बनाउन खोजेको आरोेप लगाउनुभयो । सरकारका कामकारबाहीका बारेमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म संसद चन्लन नदिने चेतावनी दिनुभयो ।
‘हामी प्रतिपक्षको नाताले सरकारलाई सुरुदेखि प्रदेशको राजधानी र नामाकरण गर्दा पक्ष र विपक्ष नभनेर विकासका लागि एक भएर जानुपर्छ भनेर सजिलो रुपमा अघि बढ्छाँै भन्दै त्यही भूमिकामा अघि बढेका थियौँ । अझै पनि सरकारका राम्रा कामहरुमा प्रदेशका नागरिकका उत्थानमा साथ दिन तयार छौं’, सांसद श्रेष्ठले भन्नुभयो, ‘तर अहिले सरकारले राम्रोसँग काम गर्न सकेन् । सरकार काममा भन्दा भाषणमा सीमित भयो । बजेट आएको चार महिना भइसक्दा पनि रातो किताब उपलब्ध गराउन सकेको छैन् । योजना कहाँ–कहाँ पुगे, हामीलाई केही जानकारी छैन् । यसको जवाफ सरकारका तर्फबाट मुख्यमन्त्रीले नदिएसम्म हामी संसद चलन्न दिदैनौँ ।’
उहाँले सरकारले नागरिकको हकहितका लागि काम गर्छु भनेर अनुभूति दिलाउन नसकेको पनि बताउनुभयो । सरकारकै कारण जिल्ला र निर्वाचन क्षेत्रमा जान आफूहरुलाई समस्या भएको उहाँको भनाई छ ।
सभामुख शाहीले पटक पटक बस्न आग्रह गरे पनि प्रतिपक्षका सांसदले अवरोध गरिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । प्रतिपक्ष दलसँग सहमति जुट्न नसकेपछि संसद सचिवालयले भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । मंगलबार सभा, नगरसभा सञ्चालन सम्बन्धी विधेयक पारित हुने कार्यसूची रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।