काठमाण्डौको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट, १४ जना घाइते
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको छ ।
शुक्रवार आज सभामुखको पद तथा गोपनीयताकाे शपथग्रहणपछि सिंहदरबारमा रहेकाे आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताउनुभएको हो । उहाँले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने बताउनु भयो ।
उहाँले संसदलाई प्रभावकारी ढंगले अगाडि बढाउने बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो – ‘नेपाली जनताको प्रतिनिधि संस्था सङ्घीय संसद् भनेको सर्वोच्च विधायिका संस्था हो । यो संस्थाको प्रयोग हामीले नयाँ संविधान बनाएपछि एक अवधि गर्यौँ । त्यसलाई नेपालीपनको हिसाबबाट अझ बढी व्यवस्थित, अझ बढी क्रियाशील, अझैबढी मर्यादित बनाउनको लागि सबैको प्रयत्न हुनेछ । त्यसको नेतृत्व गर्ने मैले जिम्मेवारी पाएको छु र यसलाई प्रभावकारी ढङ्गबाट सङ्घीय संसद्लाई अगाडि बढाउने कुराहरु गर्नुपर्छ ।’
सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।