काठमाण्डौको कमलपोखरीमा ग्यास सिलिण्डर विस्फोट, १४ जना घाइते

 माघ २४, २०८१ बिहीबार १०:४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौको कमलपोखरीमा रहेको एउटा मःम पसलमा ग्याँस सिलिण्डर विस्फोट भएको छ । आज बिहान पौने ९ बजेतिर भएको विस्फोटमा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था सामान्य रहेको र ११ जनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

उनीहरुको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार भइरहेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक, एसएसपी शेखर खनालले बताउनुभयो ।

कमलपोखरीको सानदार मःम पसलमा ग्यास विस्फोट हुँदा त्यहाँका कामदार घाइते भएका हुन् । ग्यास विस्फोटका कारण भुइँतलाको भवनमा समेत क्षति भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया