पोखरा गोल्डकपमा एनआरटी र चर्च ब्वाइज युनाइटेड खेल्दै

 माघ २४, २०८१ बिहीबार १०:४०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर :सहारा क्लब पोखरा नेपाल

काठमाण्डौ – २४औं संस्करणको पोखरा गोल्डकपकोे तेस्रो प्रि–क्वाटरफाइनलमा आज न्युरोड टिम (एनआरटी)  र चर्च ब्वाइज युनाइटेड खेल्दैछन् । यो खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे शुरू हुनेछ ।

यसअघि हिजोको दोस्रो प्रि–क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मच्छिन्द्र क्लब क्वाटरफाइनलमा पुगेको छ ।

पहिलो खेलमा आयोजक सहारा फुटबल क्लबलाई हराउँदै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा पुगिसकेको छ ।

अस्तिदेखि शुरू भएको प्रतियोगितामा ३ वटा विदेशीसहित १० वटा टोली रहेका छन् । मनाङ मर्स्याङ्दी क्लब भने यस पटक सहभागी भएको छैन ।

पोखरा गोल्डकपको फाइनल खेल आउँदो फागुन ३ गते हुनेछ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया