वैदेशिक व्यापारका सबै सूचक घटे,  ६ महिनामा झण्डै २८ अर्ब रुपैयाँको खाद्यान्न आयात

 माघ ९, २०७९ सोमबार १७:३९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – नेपालको वैदेशिक व्यापारका सबै सूचक घटेका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्म अर्थात ६ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार वैदेशिक व्यापार, आयात, निर्यात र व्यापार घाटामा कमी आएको छ ।

६ महिनामा ८ खर्ब ७३ अर्ब ४७ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुलनामा झण्डै २२ प्रतिशतले कमी हो ।

त्यस्तै, ६ महिनामा सात खर्ब ९२ अर्ब ६६ करोड रुपैयाँको सामान विदेशबाट आयात भएको छ । यो अघिल्लो वर्षको ६ महिनाको तुुलनामा २० दशमलव ६८ प्रतिशतले कमी हो ।

यस्तै, नेपालले साउनदेखि पुससम्म ८० अर्ब ८० करोड  रुपैयाँको सामान निर्यात गरेको छ, यो अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कमी हो । 

६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्ष व्यापार घाटामा १९ दशमलव १५ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ । 

नेपालले अघिल्ला वर्षहरुमा जस्तै, फलाम, पेट्रोलियम पदार्थ, खाद्यान्न, विद्युतीय सामग्रीलगायतका वस्तु आयातमा अर्बौँ रुपैयाँ बाहिर पठाएको छ ।

६ महिनामा २७ अर्ब ९१ करोड रुपैयाँको खाद्यान्न, १७ अर्ब रुपैयाँको तरकारी र  ५२ अर्ब रुपैयाँको घिउतेल आयात भएको छ । यस्तै एक खर्ब ६४ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ, २२ अर्ब रुपैयाँको औषधि र मेडिकल सामग्री, ३० अर्ब ५९ करोड रुपैयाँका पलाष्टिकजन्य सामग्री, ३२ अर्ब रुपैयाँको मार्बल र टायल,  ६३ अर्ब ६६ करोड रुपैयाँको फलाम, ४८ अर्ब ८९ करोड रुपैयाँको मेसिनरी सामग्री र ५१ अर्ब १० करोड रुपैयाँका विद्युतीय सामग्री आयात भएका छन् भने २६ अर्ब ४७ करोड रुपैयाँका गाडी भित्रिएका छन् ।

त्यस्तै निर्याततर्फ सात अर्ब रुपैयाँको चिया र कफी,  २१ अर्ब रुपैयाँको घिउ तेल, १२ अर्ब रुपैयाँको खाद्यान्न तथा दुधबाट बनेका परिकार र २६ अर्ब रुपैयाँको तरकारी र फलफूल निर्यात भएको छ ।

झण्डै दुई अर्ब रुपैयाँ बराबरका काष्ठकलाका सामग्री पनि निर्यात भएको भन्सार विभागले जनाएको छ ।   
 

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया