शेयर बजार आठ अङ्कले बढ्यो, तीन अर्ब रुपैयाँको कारोबार

 माघ १०, २०७९ मंगलबार १६:१८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – हिजो घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव १५ अङ्कले बढेर दुई हजार एक सय ७३ दशमलव २५ विन्दुमा पुगेको छ ।

आज माइक्रो फाइनान्स, बैंक र म्युचुअल फण्डबाहेक अरु सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय ४८ वटा कम्पनीका ८३ लाख कित्ता शेयर तीन अर्ब ३२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ९१ लाख र शिवश्री हाइड्रोको १० करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशत तथा सूर्योदय ओमी लघुवित्त र शिवश्री हाइड्रोको शेयर नौ प्रतिशत भन्दा धेरैले बढेको छ ।

सबैभन्दा धेरै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर साढे पाँच प्रतिशतले घटेको छ । 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया