मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री ...
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भोलि र पर्सि देशको पश्चिमी भेगका उच्च पहाडी र हिमाली क्षेत्रमा मध्ययमदेखि भारी हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका सबैजसो उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम तथा जलवायु विज्ञ धर्मराज उप्रेतीले जानकारी दिनुभयो । यस्तै पहाडी र तराई क्षेत्रमा सामान्य वर्षा, चट्याङ र कतैकतै असिनाको समेत सम्भावना रहने उहाँले बताउनुभयो ।
भारतको मौसम विभागले यो हिउँदमा पहिलो पटक हिमाञ्चल प्रदेश, जम्मु कश्मिर र पूर्वी राजस्थानमा चेतावनी जारी गरेको छ । विभागले ति क्षेत्रमा ठूलो वर्षा र हिमपातको संभावना रहेकोले सावधानी अपनाउन भनेको छ । त्यही प्रणालीको असरले नेपालको पश्चिमी भेगमा हिमपात र वर्षाको सम्भावना रहेको हो ।
वर्षा र असिनाका कारण तराईमा तोरी खेतीमा क्षति पुग्ने जाेखिम छ भने यातायात दुर्घटनाकाे जाेखिम पनि हुने भएकोले सावधानी अपनाउन जलवायु विपदविज्ञ धर्मराज उप्रेतीको सुझाव छ । वागमती प्रदेश सहित पूर्वी भागमा भने यसपालि पनि वर्षा तथा हिमपातको सम्भावना कम देखिएको उप्रेतीले बताउनुभयो । यसअघि यही हप्ता पनि पश्चिमी क्षेत्रमा सामान्य वर्षा र हिमपात भएको भए पनि काठमाण्डौसहित पूर्वका क्षेत्रमा यो हिउँदमा वर्षा भएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।