कुश्माको 'द क्लिफ' मा विश्वकै लामो र अग्लो 'मेगाट्रोल' सञ्चालनम...
पुस २४, २०८१ बुधबार
धनुषा - धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका तीनजना प्रहरी निलम्बनमा परेका छन् । हिजाे साेमवार हिरासत कक्ष ताेडेर ६ जना थुनुवा फरार भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हिरासत व्यवस्थापन अधिकृतसहित तीनजना प्रहरीलाई निलम्बनमा परेका हुन् ।
घटनामा लापरबाही गरेको भन्दै हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जनाइएको छ । थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि ड्युटीको समयमा प्रहरीको लापरबाही देखिएकाले उनीहरुलाई निलम्बन गरिएको बताइएको छ । थुनुवा फरार घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर अनुसन्धान गरिएका छन् ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मनोज यादवको नेतृत्वमा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हाे । यस्तै, जिल्ला प्रहरी कार्यालय धनुषाले पनि प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको छ । दुवै समितिले सूक्ष्म रुपमा प्रहरीको कमिकमजोरीबारे छानबिन गरिरहेको जनाइएको छ ।
प्रहरी चौकीका इञ्जार्ज प्रहरी निरीक्षक बेचन यादवलाई अहिलेसम्म केही गरिएको छैन । यसैबीच थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एकजनालाई सोमवार हिजाे बेलुका पुनः पक्राउ गरिएकाे छ ।
फरार भएकामध्ये हातहतियार तथा खरखजनाका आरोपी रोशन कुमार महतोलाई धनुषाको मिथिला नगरपालिका वडा नम्बर ८ कुशुमविछौनामा रहेकाे आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी थुनुवा कक्षबाट फरार अन्य पाँच जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षमा रहेको दक्षिणपट्टीको पर्खाल ताेडेर हिजाे बिहान करिब ३ बजेको समयमा ६ जना थुनुवा बन्दी फरार भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुजीत झा धनुषाका उज्यालाे सहकर्मी हुनुहुन्छ ।