संसदमा जात्रा देखिएकाे छ : रामकुमारी झाँक्री

 माघ २५, २०७९ बुधबार १५:४०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गर्नुभएको छ । संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर राप्रपाले 'जात्रा' देखाएको भन्दै उहाँले आपत्तिसमेत जनाउनुभयो ।

बुधवार काठमाण्डाैमा आयोजित 'अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल' विषयक विचार गोष्ठीमा बोल्दै सचिव झाँक्रीले नागरिकलाई फेरि पनि निराश बनाउने गरी संविधान र व्यवस्थाकोविरुद्ध नबोल्न पनि राप्रपालाई चेतावनी दिनुभयो । सचिव झाँक्रीले ठूला दलहरूले नागरिककाे अवस्थामा परिवर्तन हुने गरी कामै गरेर देखाउने बेला आएको पटक–पटक दोहोर्‍याउनुभयाे । उहाँले सरकारमा गएकाहरूले पनि जिम्मेवारीपूर्ण ढङ्गले नागरिककाे पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।

सचिव झाँक्रीले भन्नुभयो, ‘संसदमा जात्रा देखिएको छ । व्यवस्थाका विरुद्धमा विषवमन गरिएको छ । त्यही संविधानका विरुद्ध विषवमन गरिएको छ । यसले नागरिकलाई निराश बनाएको छ ।’

सचिव झाँक्रीले व्यवस्था परिवर्तन भएकाले अब नागरिककाे अवस्था परिवर्तन हुने गरी काम गर्ने गरी सबै राजनीतिक दलले योजना बनाउनुपर्ने बताउनुभयो । उहाँले बदलाको भाव राखेर देशलाई समृद्ध बनाउन नसकिने पनि बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया