अस्ट्रेलियासँगकाे टेष्ट शृङ्खलाकाे पहिलो पारीमा भारत १ सय ५० ...
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - केही दिनदेखि काठमाण्डौ उपत्यकासहित धेरै ठाउँको मौसम धुम्मिएको छ । मौसम धुम्मिए पनि तत्काललाई पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि मौसममा आंशिकदेखि सामान्य बदली भइरहेको छ । तर, पानी पार्ने गरी पश्चिमी वायु सक्रिय भएको छैन ।
काठमाण्डौ उपत्यकासहित तराईका धेरै ठाउँमा अहिले बिहान हुस्सु लागेको छ । माैसमविद्का अनुसार काठमाण्डौमा हुस्सु बिस्तारै हट्दै गए पनि दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने छ। तराईका जिल्लामा भने दिउँसोसम्म नै हुस्सु लाग्ने अनुमान छ ।
पश्चिम तराईको तुलनामा मध्य र पूर्वी तराईमा बाक्लो हुस्सु लाग्ने माैसमविद्ले बताएका छन् । आज र भोलि काठमाण्डौसहित पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान गरिएको छ । यस्तै, हिमाली केही जिल्लामा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही दिनदेखि देशभरजसो नै चिसो हावा चल्न थालेको छ । तर, तत्काललाई पानी भने नपर्ने मौसमविद् नगरकोटीले बताउनुभयो ।
यसपालिको हिउँदमा खासै पानी पर्न सकेको छैन । यसले सुक्खापन बढाएकाे छ । यसपालि हिउँदमा पछिल्लो ३० वर्षयताकै कम पानी परेको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।