अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
सोलुखुम्बु – सोलुखुम्बुमा निर्माण सम्पन्न ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
निजि क्षेत्रकै सबैभन्दा ठूलो लगानी रहेको साहास ऊर्जा कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजना शुक्रवारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
अघिल्लो हप्तादेखि परीक्षण उत्पादनको क्रममा रहेको आयोजनाले सबै उपकरणहरुको परीक्षण सफल भएपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएको साहास उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले बताउनु भयो । करिब २ हप्ताको परीक्षण उत्पादनपश्चात व्यावसायिक उत्पादन थाल्ने उहाँको भनाइ छ ।
सोलुदूधकण्ड नगरपालिका–११ मा रहेको सोलुखोलाको पानी ४ हजार ६ सय ७९ मिटर लामो सुरुङ मार्ग र १९ सय ३८ मिटर लम्बाइको पाइप लाइनमार्फत थुलुङदूधकोशी–३ मैकुबेसिमा खसाइ ८६ मेगावाट विद्युत् उत्पादन गरिएको हो ।
नदी प्रवाहमा आधारित विद्युत आयोजना लाम्माने सबस्टेशनमा रहेको १३२ केभीए सोलु करिडोरमा जोडिएको छ । साहास ऊर्जाको विद्युत् गृहदेखि लाम्माने सम्म १३ किलोमिटर ग्रीड निर्माण गरी आयोजनाले १३२ केभी प्रसारण लाइनमा जोडेको हो ।
आयोजनामा २५ प्रतिशत संस्थापक तथा शेयरधनी र ७५ प्रतिशत बैंकको लगानी गरी करिब १३ अर्बको कुल लागतमा निर्माण सम्पन्न भएको हो । यसअघि सोलु खोलामै निर्माण भएको २३ दशमलव ५ मेगावाट क्षमताको अपर सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सोलुखोलामा अझै १ सय ५० मेगावाटभन्दा बढी क्षमताका विद्युत् आयोजनाहरु निर्माणको क्रममा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ ।