अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताउनु भएको छ ।
गृहमन्त्री थापाले मुलुकमा बढ्दो महिला, बालबालिकामाथिको हत्या, बलात्कार, हिंसालगायतका अपराध नियन्त्रण गर्न नागरिक र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको स्पष्ट पार्नुभयो । शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटना घटाउन रक्सी–जाँड सेवन मुख्य कारण रहेकोे र त्यसलाई नियन्त्रण गर्न सरकार लागि परेको पनि स्मरण गराउनुभयो ।
७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण रक्सी–जाँडको प्रयोग रहेको गृह मन्त्रालयको निष्कर्ष सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र नागरिक दुवैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहोर्याउनुभयो ।
गृहमन्त्री थापाले देशलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी पनि गर्नुभयो । उहाँले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर नागरिकलाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताउनुभयो ।
गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढ्ने दृढता पनि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।