मधेस प्रदेश मुख्यमन्त्री कार्यालय घेराउ

 फागुन ११, २०७९ बिहीबार १८:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चुरे तथा वनजङ्गल संरक्षण अभियानले आज बिहीवारदेखि जनकपुरमा आन्दोलन सुरु गरेको छ ।

भूमिहीनहरूलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले आजदेखि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । आन्दाेलनका क्रममा मुख्यमन्त्री कार्यालयमा धर्ना दिइएको छ । भूमिहीनलाई जग्गा देउ, दिलीप महतोलाई पर्यावरण शहीद घोषणा गर, चुरे दोहन रोकलगायतका नाराबाजी गर्दै उनीहरूले मुख्यमन्त्री कार्यालय घेराउ गरे ।

आफूहरूले विगतमा राख्दै आएको माग पूरा नभएपछि मधेस प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गर्नुपरेको अभियानमा संरक्षक सरोज रायले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्राे माग पूरा नभए अनिश्चितकालीन धर्नामा बस्न बाध्य हुनेछौँ ।’

मधेस सरकारले आफूहरूले विगतमा राखेको पाँच सूत्रीय माग सम्बोधन नगरेपछि याे आन्दोलन सुरु गर्न बाध्य हुनुपरेको अभियानले जनाएको छ ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया