रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

प्रस्तावक र समर्थकको टुङ्गो लगाउन दिउँसो १ बजे ८ दलको संयुक्त बैठक बस्ने

 फागुन १३, २०७९ शनिबार १०:३०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिनुभयो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गर्नुभएको र सर्वसहमतिले निर्णय गरेको उहाँले बताउनुभयो । पौडेलले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नुहुने छ । यसअघि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति चुनावमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् । यसैबीच आठ दलका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार कांग्रेस नेता पौडेलको उम्मेदवारीमा प्रस्तावक र समर्थकको टुङ्गो लगाउन दिउँसो १ बजे आठ दलको संयुक्त बैठक बोलाइएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

राष्ट्रपतिको उम्मेदवार बन्न पाँच सांसद प्रस्तावक र पाँच सांसद समर्थककाे आवश्यकता हुन्छ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया