पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्...
पुस २७, २०८१ शनिबार
काठमाण्डौ – नामाकरण भएको खुसियालीमा कोशी प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले विज्ञप्ति निकालेर आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभएको हो । प्रदेश सभाको हिजोको बैठकको दुई तिहाइ बहुमतले प्रदेशको नाम कोशी नामाकरण गरेको हो ।
प्रदेशको नाम कोशी राख्न एमालेका सांसद रामबहादुर मगरले प्रस्ताव गर्नुभएको थियो । त्यो प्रस्तावमा मत विभाजन हुँदा पक्षमा ८२, विपक्षमा चार मत परेको थियो । मतदान प्रक्रियामा ६ जना सांसद अनुपस्थित थिए ।
कोशी प्रदेश सभामा ९३ जना सांसद छन् । जसमा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक जना सांसद छन् ।
यसैबीच, नामाकरणबारे पहिचान पक्षधर र भूगोल पक्षधरको चर्को दबाब नपरोस् र आन्दोलन पनि नहोस् भनेर विराटनगरमा निषेधाज्ञा लागू गरिएको छ ।
विराटनगरमा हिजोदेखि नै सुरक्षा व्यवस्था कडा परिएको छ । हिजो दिउँसो प्रदेश सभा भवन अगाडि प्रदर्शनसमेत भएको थियो ।
सम्भावित अवस्थालाई मध्यनजर गर्दै विराटनगरमा दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिनुभयो ।
देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर अर्को आदेश नभएसम्मका लागि कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ ।
आदेश उल्लंघन गरी सभा, जुलुस लगायतका काम गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयको चेतावनी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ravi Lal Tajpuriya Kochilda
March 2, 2023, 1:21 p.m.मधेश प्रदेश बाहेकका प्रदेशहरुको पहिचानहरुलाई नदीहरुमा विसर्जित गरी ईण्डिया कटाइयो । शायद काशीमा पिण्डदान गराएर पितृ उद्धारका लागी जरुरी सम्झेर होला की......!