ताप्लेजुङको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको विद्युत राष्ट्र...
मंसिर १५, २०८१ शनिबार
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियालाई कडा सजाय दिने चेतावनी दिएका छन् । साउदी पत्रकार जमाल खशोग्गीको हत्यामा साउदी अरेबिया जिम्मेवार रहेको पाइएमा साउदी अरेबियालाई कडा सजाय दिइने ट्रम्पले चेतावनी दिएका हुन् ।
तर दुई देशबीचका ठूला सैन्य ठेक्कापट्टा भने नरोकिने ट्रम्पको भनाई छ । साउदी अरेबियाले खशोग्गीको हत्या भएको आरोप अस्वीकार गर्दै आएको छ । इस्तानुबलमा रहेको साउदी अरेबियाको महावाणिज्य दूतावासबाट अक्टोबार २ तारिखबाट बेपत्ता भएका पत्रकार खशोगी साउदी सरकारका कट्टर आलोचक रहेको बीबीसीले जनाएको छ ।
आफ्ना आलोचकलाई साउदी सरकारले बेपत्ता पारेर हत्या गरेको आरोप अमेरिकाले लगाउदै आएको छ । यस्तै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टनियो गुटरेशले पनि खशोगीको अवस्थाबारे सत्यतथ्य प्रस्तुत गर्न माग गरेका छन् ।
पत्रकार खशोग्गीको इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासभित्र हत्या भएको प्रमाण आफूसँग भएको टर्कीले पनि दावी गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।